मेस्सी बिदा मनाएर कहिले फर्किंदैछन् बार्सिलोना ?

एजेन्सी, साउन २
स्पेनिस बार्सिलोनाका अधिकांश खेलाडी बिदा सकाएर क्लब फर्किसके पनि केही प्रमुख खेलाडी पनि अझै पनि बिदामै रमाइरहेका छन् । जसमा कप्तान लिओनल मेस्सी, लुइस स्वारेजसहितका खेलाडी अझै पनि बार्सिलोना पुगेका छैनन् ।

यतिबेला बार्सिलोनामा अधिकांश खेलाडी प्रशिक्षणमा भए पनि कप्तान मेस्सी पनि आइपुगेका छैनन् । उनी आफ्नो परिवारसँग घुमघाम गरिरहेका छन् । बार्सिलोनाले आजको ६ दिनपछि प्रि–सिजनअन्तर्गतको पहिलो खेल खेल्दैछ । उसले नयाँ सिजनअघि जम्मा ५ खेल खेल्नेछ ।

तर, मेस्सी भने प्रि–सिजनका सबै खेलमा सहभागी नहुने भएका छन् । उनले पाँचमध्ये तीन वा दुई खेल मात्रै खेल्नेछन् । क्लब बार्सिलोनाले मेस्सी जुलाईको अन्तिमसम्ममा बार्सिलोना फर्किने जनाएको छ ।

यसो हुँदा मेस्सीले प्रि–सिजनको तेस्रो खेलबाट खेल्न सक्नेछन् । सो खेल अगस्ट ४ मा इंग्लिस क्लब आर्सनलसँग हुनेछ ।

बार्सिलोनाको टोली अर्को साता जापान भ्रमणमा निस्कँदैछ । त्यहाँ बार्सिलोनाले राकुटेन कपअन्तर्गत मैत्रीपूर्ण खेल इंग्लिस क्लब चेल्सी र जापानी क्लब भिसाल कोबेसँग खेल्ने छ ।

प्रकाशित मिति २ श्रावण २०७६, बिहीबार १५:३९
Loading...