कोरोनाले आक्रान्त ब्राजिल : एकैदिन ४० हजारभन्दा संक्रमित थपिए

एजेन्सी, असार १२
दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिमा बढेको छ । त्यहाँ एकैदिन (पछिल्लो २४ घन्टामा) ४० हजार ६ सय ७३ जना नयाँ संक्रमित थपिएका छन् । यतिबेला अमेरिकाभन्दा बढी ब्राजिलमा संक्रमण तीव्र गतिमा बढ्दो छ ।

ढिला गरी कोरोना फैलिएको ब्राजिलमा अब कूल संक्रमित हुनेको संख्या १२ लाख २८ हजार १ सय १४ पुगेको छ । त्यसमधये ६ लाख ७० हजार ४ सय १७ जना उपचारपछि निको भएका छन् । यता, हालसम्म ५४ हजार ९ सय ७१ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिले विश्वभरमा सबैभन्दा बढी कोरोना फैलिएको देश अमेरिका हो । त्यहाँ पछिल्लो २४ घण्टाभित्र ३७ हजार ६४० संक्रमित थपिएका छन् । अब त्यहाँ कूल संक्रमितको संख्या २४ लाख ५२ हजार ४ सय ६० पुगेको छ । अमेरिका संक्रमितमध्ये ६ लाख ६३ हजार ५ सय ६२ जना निको भएका छन् । संक्रमितमध्ये १ लाख २५ हजार ७ सय ९६ जनाको ज्यान गइसकेको छ ।

विश्वभरमा हालसम्म ९६ लाख १४ हजार ८ सय ४५ संक्रमित भइसकेका छन् । त्यसमा ४८ लाख १२ हजार १ सय २१ जना निको भएका छन् भने यो समाचार बनाउँदासम्म ४ लाख ९० हजार १ सय ४१ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति १२ असार २०७७, शुक्रबार ०४:५१
Loading...