शास्त्र भन्छ– यी पाँच काम गरेपछि नुहाउनैपर्छ !

हिन्दू धर्मको मान्यता र विश्वासअनुसार मानसिक र आध्यात्मिक स्वच्छतालाई मात्रै नभएर शारीरिक स्वच्छतालाई पनि निकै महत्व दिइन्छ । जसमा नुहाउनु पनि एक शारीरिक स्वच्छता हो । शास्त्रअनुसार आफ्नो जीवन चलाउन चाहने मानिसले दैनिक तीनपटक नुहाउनुपर्छ भनी शास्त्रहरूमा उल्लेख छ । तर, दैनिक तीनपटक नुहाउनु सम्भव हुँदैन ।

जतिपटक नुहाए पनि नुहाउँदा धार्मिक र शारीरिक शक्तिहरूलाई बल मिल्ने शास्त्रहरूमा उल्लेख छ । यस्तै नुहाउँदा मांसपेशी बलियो हुने र मस्तिष्कको ताजापन पनि बढ्ने बताइन्छ ।

हिन्दू शास्त्रमा पूरै शरीर ननुहाएर हात–खुट्टा मात्रै धुनुलाई पनि महत्व दिइएको छ । विभिन्न शास्त्रहरू अनुसार तल दिइएका पाँच कामपछि अनिवार्य रूपमा नुहाउनु आवश्यक मानिन्छ–

– चाणक्यका अनुसार शवयात्रा अथवा अन्तिम संस्कारबाट फर्किएपछि घरमा प्रवेश गर्नुअघि नुहाउनुपर्छ । तब मात्रै स्वच्छता मिल्छ ।
– चाणक्यका अनुसार संभोगपछि नुहाउनुपर्छ । तब मात्रै शरीरले स्वच्छता पाउँछ ।
– हप्तामा एकपटक पूरै शरीरलाई तेलले मालिस गर्नुपर्ने मान्यता छ । र, त्यसरी यस्तै तेलले मालिस गरेपछि नुहाउन एकदमै जरुरी मानिन्छ ।
– कपाल काटेपछि अनिवार्य रूपमा नुहाउनुपर्छ ।

प्रकाशित मिति ७ असार २०७७, आईतवार ०५:५८
Loading...