प्रेमी–प्रेमिकालाई काम लाग्ने महत्त्वपूर्ण यी पाँच टिप्सहरू

प्रायः पुरुष चाहेकी युवतीप्रति माया देखाउन वा म आफू उनलाई चाहन्छु भनेर अनुभूति दिलाउन जे पनि बोलिरहेका हुन्छन् । धेरैले प्रेमिकालाई माया गर्छु भनेर बुझाउन ‘आई लभ यु’जस्ता वाक्य बोलिरहेका हुन्छन् । यसमा कतिपय महिला पनि अगाडि नै हुन्छन् ।

तर, खासमा यस्तो भन्दा मात्रै सम्बन्ध बलियो हुने वा मायाको विश्वास बढ्ने भन्ने हुँदैन । यदि तपाईं आफ्नो पार्टनरलाई साँच्चै नै माया गर्नुहुन्छ र सम्बन्ध मजबुत बनाइराख्न चाहनुहुन्छ भने केही कुरा भन्नु र बोल्नुअघि सोच्नुपर्छ ।

प्रेम सम्बन्धलाई सुमधुर र दीर्घकालीन बनाउन के–के कुरामा ध्यान दिने त ? के–के कुरा बोल्ने, के नबोल्ने ? यहाँ केही टिप्स दिएका छौं–

खाने कुरामा प्रश्न नगरेकै राम्रो

प्रायः पुरुष आफ्नी प्रेमिका वा श्रीमतीसँग बाहिर घुमघाममा जान रुचाउँछन् । त्यस्तो बेला खाने कुराको सूची जहिल्यै भइहाल्छ । त्यस्तो समयमा महिलाको मुड निकै राम्रो हुने बताइन्छ । त्यस्तो बेला कतिपय पुरुषले खानेकुरा मगाएपछि पार्टनरलाई ‘के तिमी यो सबै खान सक्छौ ?’ भनेर सोध्ने गर्छन् ।

तपाईंले माया दर्शाएर यो कुरा सोधे पनि प्रेमिकाले यो कुरा मन नपराउन सक्छिन् । उनले तपाईंको यो कुरालाई हेपेर बोलेजस्तो अर्थमा लिन सक्छिन् । विभिन्न सर्वेक्षणबाट पनि यो देखिएको छ । यदि उनले यो कुरालाई गलत अर्थमा लिए तपाईंको भ्रमण बिग्रन सक्छ ।

पार्टनरसँग अन्य महिलाको प्रशंसा भुलेर पनि नगर्नुस्

यो साह्रै सामान्य कुरा हो कि, कुनै पनि महिलाले आफ्नो पति वा प्रेमीले आफूसँग अन्य महिलाको सौन्दर्यको प्रशंसा गरेको मन पराउँदैनन् । पार्टनर अगाडि हुँदा बिर्सेर पनि अन्य महिलाको तारिफ गर्नुस् । महिला प्रायः आफ्नो पार्टनरसँग हुँदा आफ्नै मात्र ख्याल गरोस् र प्रशंसा गरोस् भन्ने चाहन्छन् ।

आमा–बुबासँग कुरा नजोड्नहोस्

भेटघाट वा बसाइक्रममा तपाईं आफ्नी प्रेमिकासँग यस्तो विषय र प्रसंगमा कुरै नगर्नुहोस् कि, जसका कारण उनका आमा–बुबा वा परिवारका अन्य सदस्य जोडिएर आउँछन् । यस्तो विषयमा महिला पार्टनरले चाँडै मन दुखाउँछन् । जस्तो कि, तपाईंले ‘तिमी तिम्रो आमाकै जस्तो कुरा गर्छौ’ भन्नुभयो भने यसले आत्मीयता बिगार्छ ।

पूर्वप्रेमी वा प्रेमिकासँग तुलना नगर्नुहोस्

आफ्नी प्रेमिका वा प्रेमीसँग भेट हुँदै कहिल्यै पनि ऊ/उनीसँग पूर्वपार्टनरको तुलना नगर्नुहोस् । यसो गर्नुभयो भने महिलाका लागि निकै ठूलो कुरा भइदिन्छ । जस्तो कि, ‘मेरी पूर्वप्रेमिका त यस्तो गर्दिनथिन्’ जस्ता कुरा भुलेर पनि नगरेको राम्रो ।

सकेसम्म ‘आई लभ यु’ नभनेकै राम्रो

आफ्नी प्रेमिकासँग यस्ता कुरा कहिल्यै नगर्नुहोस् कि, जुन तपाईं क्षणभरका लागि भन्नका लागि मात्रै भनिरहनुभएको छ । अथवा, मनैबाट नभनेका कुरा मुखले जतिबेला मन लाग्यो, त्यत्तिबेला नभनेको राम्रो ।

तपाईंले आफ्नी प्रेमिकालाई ‘आइ लभ यु’ भन्दा कसरी र कुन अर्थमा भनिरहनुभएको छ भन्ने कुरा प्रेमिकाले सजिलै थाहा पाउँछिन् । यदि गलत समय र अनावश्यक प्रसंगमा यसो भन्नुभयो भने प्रेमिकाले तपाईंलाई राम्रो सोच्दिनन् ।

प्रकाशित मिति ५ असार २०७७, शुक्रबार ०६:३६
Loading...