फुच्चे ब्रुस ली : ८ वर्षकै उमेरमा ४ घन्टा अभ्यास, कलिलैमा सिक्स प्याक ज्यान !

एसिया देश जापानका रेयुसेई रियुजी नामका एक ८ वर्षीय बालक अहिले बेला–बेला चर्चामा आइरहन्छन् । उनी कलिलै उमेरमा शारीरिक सुगठनका कारण चर्चामा आउने गर्छन् । ८ वर्षकै उमेरमा उनले आफ्नो शरीर मार्सल आर्टस्का लिजेन्ड ब्रुस लिको जस्तै बनाइसकेका छन् । वा भनौं, उनले आफूलाई समर्पित गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रेयुसेई सानै उमेरमा दैनिक ४ घन्टा अभ्यास गर्छन् । झट्ट हेर्दा उनको शरीर पनि ब्रुस लीकै जस्तो देख्न सकिन्छ । रियुजी ३ वर्षकै उमेरमा एकबेला चर्चामा आएका थिए । सन् १९७२ को चलचित्र ‘गेम अफ् डेथ’ को एउटा द्वन्द्वको दृश्यमा ब्रुस लीले ननचाकु चलाएका थिए, जसलाई उनले ठ्याक्कै नक्कल गरेको भिडियो त्यसबेला भाइरल नै बनेको थियो ।

पछि उनको चर्चा बढ्दै गएछि उनका बारेमा ठूल्ठूला मिडियाले पनि खबर छापेका थिए । त्यत्ति मात्रै हैन, सामाजिक सन्जालमा उनको फ्यान फलोइङ नै बढ्यो भने भने उनलाई विभिन्न टिभी च्यालनमा पनि बोलाइयो ।

अहिले पनि ती बालक आफ्नो शरीर बनाउने काममा लागिपरेका छन् । अझ उनले अभ्यासलाई थप प्रभावकारी बनाउँदै लगरेका छन् । हुँदा–हँदा अब ती बालकले ब्रुस लीका चर्चित द्वन्द्वका दृश्यसमेत जस्ताको तस्तै कपी गर्न थालेका छन् ।

अहिले उनलाई धेरैले ‘सानो ब्रुस ली’ भनेर चिन्छन् । यही उमेरमा उनी बिहान ६ बजे नै उठेर डेढ घन्टा कसरत गर्छन् भने विद्यालयबाट फर्केर पनि उनले एक घन्टनासम्म कसरत गर्न भ्याउँछन् । त्यसपछि पनि घन्टौं उनी किक र ननचाकुको कला सिक्छन् ।

बताइएअनुसार उनका बुबा सानैबाट ब्रुस लीका फ्यान थिए । बुबाले पनि ब्रुस लीका कला नक्कल गर्ने गरेका थिए । पछि रियुजीले पनि त्यसैबाट सिकेका हुन् । जसबाट उनलाई नयाँ–नयाँ अभ्यास सिक्न र आफूलाई सुधार गर्न कुनै कठिन भएन ।

हाल रियुजीलाई सामाजिक सन्जाल फेसबुकमा करिब लाखौं मानिसले मानिसले पछ्याइरहेका छन् । उनको आफ्नै युट्युब च्यानलसमेत रहेको छ । त्यसबाट निकै राम्रो पैसा पनि कमाइरहेका छन् ।

प्रकाशित मिति ४ असार २०७७, बिहीबार ०६:१७
Loading...