सार्क फिल्म फेस्टिबलमा नेपाली हिरोइनले जितिन् अवार्ड !

काठमाडौं, असार २४
नायिका स्वस्तिमा खड्काले श्रीलंकामा भएको सार्क फिल्म महोत्सवमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । उनले स्पेसल जुरीतर्फको अवार्ड हात पारेकी हुन् । ‘बुलबुल’ फिल्मका लागि उनले सो अवार्ड जितेकी हुन् ।

‘नेपाल यो तिम्रो लागि हो,’ अवार्ड जितेपछि स्वस्तिमाले ट्रफी उचालेको फोटो राख्दै आफ्नो फेसबुकमा सन्देश लेखेकी छन् । विनोद पौडेल निर्देशित फिल्म ‘बुलबुल’ मा स्वस्तिमाले टेम्पो चालक रणकलाको भूमिका निभाएकी छन् ।

सार्क फिल्म फेस्टिभलमा ‘बुलबुल’ र ‘प्रसाद’ सहभागी भएका थिए । त्यसैगरी, फेस्टिबलमा लघु फिल्ममार्फत् टाटिनी र मनोजबाबु पन्तको अवशेष पनि प्रतिस्पर्धी थिए ।

प्रकाशित मिति २४ असार २०७६, मंगलवार १०:४०
Loading...