हेर्नुहोस् आजभन्दा १७८ वर्षअघि खिचेको संसारकै सुरुआतका आठ दुर्लभ सेल्फीहरू

सेल्फी अर्थात् आफ्नो फोटो आफैं खिच्नु । भनिन्छ– यो सेल्फीको जमाना हो । र, अहिले सेल्फी खिच्ने प्रचलन निकै लोकप्रिय बनेको छ । आजकालका प्रायः सबै नयाँ–नयाँ फिचर भएका फोनहरूमा सेल्फीकै लागि भनेर राम्रो फ्रन्ट क्यामेरा राखिएको हुन्छ । तर, के तपाईंलाई थाहा छ ? सेल्फी आजभन्दा १७८ वर्षअघि वा भनौं, १९औं शताब्दीमा संसारकै पहिलो सेल्फी खिचिएको थियो ।

सन् १८३९ मा रोवर्ट कार्नोलियास भन्ने व्यक्तिले ड्यागोरियोटाइप प्रक्रियाद्वारा संसारकै पहिलो सेल्फी खिचेका थिए । यस माध्यमबाट सेल्फी खिच्नु त्यो समय एकदमै महँगो थियो । र, यो प्रक्रियामा प्रयोग हुने उपकरण निकै भारी हुन्थे ।
हेर्नुहोस् त्यो जमानामा खिचेका विश्वका केही दुर्लभ सेल्फीहरू  :

(१) यो रोबर्टले खिचेको विश्वको पहिलो सेल्फी हो । यसमा उनले क्यामेरा आफूतर्फ फर्काएर खिचेका थिए ।

(२) इंग्लिस फोटोग्राफर युसुफ बायारनद्वारा सन् १९०९ मा लिएको सेल्फी ।

(३) ऐनाको अगाडि बसेर ऐनातिर क्यामेरा फर्काएर सन् १९४९ मा स्टेनले कुब्रिकले लिएको सेल्फी ।

(४) एक व्यक्तिले सन् १९६५ मा लिएको सेल्फी ।

(५) सन् १९१४ मा एक महिलाद्वारा लिएको सेल्फी ।

(६) जेमिनी १२ मिसनअन्तर्गत सन् १९६६ खिचिएको सेल्फी ।

(७) सन् १९६० मा लिएको एक सेल्फी ।

(८) सन् १९६९ मा विश्वको पहिलो अन्तरिक्षमा लिएको सेल्फी ।

प्रकाशित मिति ३ असार २०७७, बुधबार ०६:५७
Loading...