रेफ्रीसँग रिसाएका मेस्सीलाई ड्यानी आल्भेसले यसो भने

एजेन्सी, असार २१
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा गत बुधबार भएको सेमिफाइनल खेलमा घरेलु टोली ब्राजिलले पाहुना टोली अर्जेन्टिनालाई २–० ले हरायो । खेलमा पराजय भोगेपछि अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले सो खेल खेलाउने रेफ्रीको कडा आलोचना गरेका थिए । मेस्सीले रेफ्री रोड्डी जाम्ब्रानोले ब्राजिलको पक्षमा निर्णय लिएको आरोप लगाउँदै यस्तो ठूलो प्रतियोगितामा रेफ्रीले सही निर्णय दिन नसक्नु लाजमर्दो भएको बताएका थिए ।

खेलपछि मेस्सीले खेल खेलाउने रेफ्रीको आलोचना गरेपछि ब्राजिलका कप्तान ड्यानी आल्भेसले प्रतिक्रिया दिएका छन् । विगतमा बार्सिलोनामा ८ वर्षसम्म मेस्सीसँगै खेलेका आल्भेस मेस्सीसँग निकै नजिक पनि छन् । आल्भेसले मेस्सीको आलोचनाको खण्डन गर्दै रेफ्रीलाई दोष दिनु गलत भएको बताएका छन् ।

१) सामान्यतः रेफ्रीले खेललाई सही तरिकाले नै खेलाउन खोज्छन् । मेस्सीले रेफ्रीलाई दोष दिनु ठीक होइन ।

२) मलाई मेस्सीको पीडा थाहा छ । सो खेल दौरान हामी खेलाडीभन्दा बढी रेफ्री अत्तालिएका थिए । मैले फुटबलमा यस्तो कमै मात्रै देखेको छु ।

३) यदि ब्राजिल अर्जेन्टिनासँग हारेको भए त्यहाँ ब्राजिल हारेको हुन्थ्यो । तर, अर्जेन्टिना हार्दा मेस्सीको मात्रै हारजस्तो देखिन्छ । यसले मेस्सीलाई थप दबाबमा पारेको देखिन्छ ।

प्रकाशित मिति २१ असार २०७६, शनिबार ०१:११
Loading...