क्रिकेटर सन्दीप आफैं गायक, आफैं मोडल (हेर्नुहोस् भिडियो)

नेपालका स्टार क्रिकेटर सन्दीप लामिछानेले नयाँ गीत ल्याएका छन् । उनले हालै ‘मेमोरी’ बोलको नयाँ गीतको भिडिओ सार्वजनिक गरेका हुन् । सन्ीदपको ‘मायाल’ एल्बमा समावेश उक्त गीत उल्लास मंक्रातिले लेखेका हुन् भने सन्दीप र राजन मगरले मिलेर गरेका छन् ।

सार्वजनिक गीतको भिडियोमा सन्दीप आफ्ना राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी आदिसँग अभिनय गरेका छन् । भिडिओलाई ज्ञानेन्द्र शर्मा हुमागाईँले निर्देशन गरेका हुन्। यसअघि पनि सन्दीपका केही गीत र भिडियो आइसकेका छन् ।

भिडियो यहाँबाट हेरौं :

प्रकाशित मिति २० असार २०७६, शुक्रबार ११:५७
Loading...