युट्युबमा सार्वजनिक फिल्म ‘हुर्रे’ ट्रेन्डिङ नम्बर १ मा : फिल्मको लिंकसहित

काठमाडौं, जेठ २४
युट्युबमार्फत् सार्वजनिक भएको हाँस्यप्रदान नेपाली फिल्म ‘हुर्रे’लाई दर्शकले निकै रुचाएका छन् । लकडाउनमा बीच सार्वजनिक भएको सो फिल्म नेपालमा ट्रेन्डिङमा पर्न सफल भएको छ । फिल्मलाई हाईलाइट्स नेपालले आफ्नो युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको छ ।

लम्बिँदो लकडाउनाई ख्याल गरेर ल्याइएको फिल्म अहिले नेपालको युट्युबको ट्रेन्डिङ १ मा परेको छ । फिल्मप्रति दर्शकले निकै राम्रा प्रतिक्रिया दिइरहेका छन् । हलमा भने यस फिल्मले औसत मात्रै दर्शक पाएको थियो ।

यो समाचार बनाउँदासम्म फिल्मले करिब २० लाख भ्युज भाइसकेको छ । त्यस्तै, २१ हजार लाइक र १५ सयभन्दा बढी कमेन्ट पाएके छ । फिल्ममा अनुपविक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्कालगायत कलाकारले प्रमुख भूमिकामा काम गरेका छन् ।

प्रस्तुत फिल्मको लेखन तथा निर्देशन यम थापाले गरेका हुन् भने फिल्म दावा शेर्पा ‘शेट्टी’ ले प्रस्तुत गरेका हुन् । फिल्ममा कालीप्रसाद देवकोटा र राजनराज शिवाकोटीको संगीत रहेको छ । गीतमा विक्रम स्वारले कोरियोग्राफी गरेका छन् ।

यहाँबाट हेरौं भिडियो :

प्रकाशित मिति २४ जेष्ठ २०७७, शनिबार ०२:३७
Loading...