गोश्वामीको ‘मैले माया गरें’ गीत सार्वजनिक

काठमाडौं, जेठ २१
हाल अस्ट्रेलियामा रहेर नेपाली गीतसंगीत कर्ममा सक्रिय रहेका गायक राजकुमार गोश्वामीको नयाँ गीत हालसालै सार्वजनिक भएको छ । उनी त्यहाँ निकै परिचित गायकका रूपमा रहेका छन् । ‘मैले माया गरें’ शीर्षको उनको गीत सार्वजनिक भएको हो । उनलाई स्वतरमा अहिलेकी चर्चित गायिका मेलिना राईले सघाएकी छन् ।

गोस्वामीको गीतमा उत्तमजंग लिम्बूले धुन भरेका छन् भने गीत माया मगरले लेखेकी हुन् । सो गीतको एरेन्जर भने साहस शाक्य रहेका छन् । यस गीतलाई ‘कोसिस २’ एल्बममा समावेश गरिएको छ । तर, यसको भिडियो भने बनिसकेको छैन । हाललाई यसको ‘लिरिक्स भिडियो’ तयार छ ।

प्रकाशित मिति २१ जेष्ठ २०७७, बुधबार ०३:४५
Loading...