नेपालमै बन्नेछ अब अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न क्रिकेट रंगशाला (हेरौं ५ तस्बिरमा)

काठमाडौं, माघ २०
चर्चित हास्यकलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) नेतृत्वको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा सुविधा सम्पन्न क्रिकेट रंगशाला बनाउने घोषणा हालसालै गरेको छ । फाउन्डेसनले चितवनको भरतपुर नगरपालिकास्थित रामपुरमा शान्तिका दूत भगवान् गौतम बुद्धको नामबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको हो ।

अन्तर्राष्ट्रियस्तरको हुने भनिएको सो रंगशाला आगामी २ वर्षसम्ममा निर्माण भइसक्ने छ । त्यसका लागि करिब ३ अर्ब रुपैयाँ बजेट लाग्ने बताइएको छ । २ वर्षमा योजना पूरा गर्न ६ महिनाभित्रमा रंगशालाको डिपिआर तयार पारेर काम थालिने छ ।

रंगशाला सार्वजनिक साझेदारीमा बनाइने छ । जसमा भरतपुर महानगरपालिका पनि यसको साझेदार संस्था रहने छ ।

रंगशाला निर्माणको घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । नेपालमै बन्ने सो रंगशाला अन्तर्राष्ट्रियस्तरका ठूला रंगशालामा हुने सबैखाले सेवा–सुविधा हुनेछन् । रंगशालामा सानो फुटबल मैदानसमेत हुनेछ भने सो रंगशालामा २५ हजार दर्शक अँट्नेछन् ।

रंगशाला निर्माण नेपालको मौलिकतामा आधारित रहेर गरिनेछ पनि उल्लेख गरिएको छ । फाउन्डेसनले बन्ने रंगशालाका एचडी तस्बिर सार्वजनिक गरेको छ । हेरौं ५ तस्बिर :

धुर्मुस–सुन्तली फाउन्डेसनले तयार पारेको रंगशालाका एचडी तस्बिर ।
धुर्मुस–सुन्तली फाउन्डेसनले तयार पारेको रंगशालाका एचडी तस्बिर ।

प्रकाशित मिति १७ माघ २०७५, बिहीबार १०:५१
Loading...