फिल्म ‘कुम्भ करण’द्वारा एकसाथ तीन पोस्टर सार्वजनिक

काठमाडौं, वैशाख १४
फिल्म ‘कुम्भ करण’ले एकसाथ तीन पोस्टर सार्वजनिक गरेको छ । उसले आज काठमाडौंमा फिल्मका तीन पोस्टर सार्वजनिक गर्दै जेठ १७ गतेका लागि प्रदर्शन मितिसमेत तोकेको छ ।

सो फिल्मलाई दीपक ओलीले निर्देशन गरेका छन् । फिल्ममा गौरव पहारी, निशा अधिकारी, भोलाराज सापकोटा तथा अभय बरालले मुख्य भूमिकामा काम गरेका छन् ।

निर्माण पक्षले फिल्ममा सस्पेन्स, कमेडी र लभस्टोरी कथा रहेको जनाएको छ । फिल्ममा दीपक ओलीको कथा, महेश दवाडीको पटकथा तथा संवाद रहेको छ ।

अन्य कलाकारमा प्रमोद अग्रहरि, आकाश पल, कुलदीप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्रीलगायत कलाकारलाई पनि देख्न सकिन्छ ।

प्रकाशित मिति १४ बैशाख २०७६, शनिबार १२:४७
Loading...