नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप–७ मा प्रवेश

काठमाडौं, वैशाख २९
नेपाली युवा दिवेश पोखरेल विश्वको सबैभन्दा चर्चित अमेरिन आइडलको टप–७ मा प्रवेश गरेका छन् । नेपाली मूलका दिवेशले आफूलाई शीर्ष सातमा सुरक्षित गरेका हुन् ।

सुरुआतबाटै उपाधि होडमा अब्बल रहँदै आएका दिवेशले टप–११ बाट धेरै मत पाउँदै टप–७ मा परेका हुन् । हाल अमेरिकाको कन्सास राज्यको विचिटा सहरमा बस्दै आएका २२ वर्षका दिवेश सांगीतिक रियालिटी शोमा ‘आर्थर गन’को नामले भिडिरहेका छन् ।

टप–७ मा प्रवेश गर्दा दिवेशले एनिमेटेड चलचित्र ‘द लिटल मर्मेड’को ‘किस द गर्ल’ बोलको गीत गाएका थिए । सो गीत एलान मेनकनले लेखेका हुन् भने होवार्ड एस म्यानले धुन भरेका छन् । गीतका ओर्जिनल गायक एस्ले टिसडाले हुन् ।

नेपाली मूलका युवकले चर्चित रियालिटी शोमा प्रगति गर्दै जाँदा उनको समर्थनमा विश्वभरबाट नेपाली लागिपरेका छन् । यतिबेला दिवेशलाई विश्वभर छरिएर रहेका नेपालीले हौसला दिइरहेका छन् ।

प्रकाशित मिति २९ बैशाख २०७७, सोमबार ०५:२७
Loading...