‘ए मेरो हजुर–३’ को गीत सार्वजनिक, अनमोल र सुहानाले यसरी गरे रोमान्स (भिडियो)

काठमाडौं, चैत ५
फिल्म ‘ए मेरो हजुर ३’को पहिलो गीत सार्वजनिक भएको छ । फिल्मको पहिलो गीत शुक्रबार युट्युबबाट सार्वजनिक गरिएको हो ।

‘जिन्दगी नै भन्दिनँ’ बोलको गीतमा नायक अनमोल केसीसँग र डेब्यु नायिका सुहाना थापाले रोमान्स गरेकी छन् । सुहानालाई निकै रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

स्मरण रहोस्, सुहाना निर्माता सुनीलकुमार थापा तथा नायिका झरना थापाकी छोरी हुन् । उनले यसै फिल्मबाट डेब्यु गरेकी हुन् ।

झरनाले आफ्नै निर्देशनमा छोरीलाई यसै फिल्मबाट डेब्यू गराउँदै छिन् । झरनाले निर्देशन गरेको यो दोस्रो फिल्म हो ।

सार्वजनिक भएको गीतमा आशीष अविरलले संगीत भरेका छन् । गीत एकनारायण भण्डारीले लेखेका हुन् । गीत सुगम पोखरेल र प्रविसा अधिकारीले गाएका छन् । उक्त गीत मनाङ र अमेरिकामा खिचिएको हो । सो फिल्म आगामी चैत २९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

फिल्ममा अनमोल र सुहानाबाहेक अपर्ण थापा, सलोन बस्नेत, रवीन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतमलगायतले कलाकारले काम गरेका छन् ।

प्रकाशित मिति ५ चैत्र २०७५, मंगलवार १४:०८
Loading...