यस्तो बन्यो ज्योतिषी हिरोको फिल्म ‘शुभ लभ’को ट्रेलर (भिडियो)

काठमाडौं, फागुन १३
चर्चित युवा ज्योतिषी हरिहर अधिकारीले डेब्यु गरेको फिल्म ‘शुभलभ’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आगामी चैत १५ लाई रिलिज मिति तोकिएको फिल्मको ट्रेलर सोमबार सार्वजनिक गरिएको हो ।

सो फिल्मलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका छन् । यसै फिल्मबाट डेब्यु गरेका युवा ज्योतिष हरिहर अधिकारीले डेब्यु नायिका अभिनेत्री कृष्टिन पौडेलसँग स्क्रिन सेयर गरेका छन् ।

फिल्मको अन्य कलाकारमा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रवीन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सूर्या थापा, अनुज पाण्डेलगायत कलाकारलाई मुख्य भूमिकामा देख्न सकिन्छ ।

फिल्ममा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद छ भने अर्जुन पोखरेलको संगीत छ । कोरियोग्राफी रामजी लामिछानेले गर्दा रामेश्वर कार्कीले फिल्म खिचेका हुन् ।

प्रकाशित मिति १४ फाल्गुन २०७५, मंगलवार ०३:४५
Loading...