कम्प्युटर ‘ह्याङ’ हुने समस्या छ ? यसो गर्नुहोस्

हाम्रो दैनिक जीवनका विभिन्न काममा कम्प्युटर प्रयोग हुन्छ । यसको प्रयोग झनै बढ्दो छ । कम्प्युटरमार्फत् विश्वभरका सूचना आदन–प्रदान गर्न सकिन्छ । मानवीय जीवनका लागि यो साधन अब त अत्यावश्यक नै भसकेको छ ।

तर, हामीमध्ये कति कम्प्युटरमा भाइरस लागी समस्या सिर्जनाबाट हैरान पनि भएका छौं होला । भाइरसबाट कम्प्युटरलाई जोगाउन के–के गर्ने ?

– जथाभावी अनलाइन साइट खोल्दा र अरूका विभिन्न इमेल आफ्नो कम्प्युटरबाट खोल्दा पनि भाइरस सर्ने खतरा हुन्छ । त्यसो हुँदा अपरिचितले पठाएको वा असम्बन्धित इमेल चेक नगर्दा यस्तो जोखिम कम हुन्छ ।

– बजारमा किनेका गेमका सिडीबाट, इन्टरनेटबाट प्रोगाम डाउनलोड गर्दा, पेनड्राइभ, मेमोरी कार्ड, फ्लपी डिस्कबाट फाइल सार्दा पनि भाइरस सर्ने खतरा बढी हुन्छ । यस्तो अवस्थामा एन्टीभाइरस सफ्टवेयरलाई समय–समयमा अपडेट गर्नु आवश्यक हुन्छ । यसले कम्प्युटरमा आउने खतरा कम गर्छ । एन्टीभाइरस नराख्ने गल्ती कहिल्यै पनि गर्नुहुँदैन ।

पेनड्राइभ, सिडीमार्फत् कम्प्युटरमा भाइरस लाग्ने भएकाले आफ्नो ल्यापटपमा राखेर खोल्नुपूर्व स्क्यान गर्ने बानी बसाल्दा राम्रो हुन्छ ।

प्रकाशित मिति २५ माघ २०७६, शनिबार १६:००
Loading...