पूजा शर्मा भन्छिन्– ‘क्रेडिट लिन मात्र सिक्वेल राम्रो होइन’

सुटिङ सकिएका फिल्महरू प्रदर्शन मिति कुरिरहेका छन् । त्यही भएर पनि नयाँ फिल्ममा काम गरेकी छैन । ‘म यस्तो गीत गाउँछु–२’ प्रदर्शन नभएसम्म नयाँ प्रोजेक्टमा काम गर्ने सुरमा छैन । सुटिङबाट फुर्सद भए पनि रमाउने र महसुस गर्ने कुरा फिल्म नै हुन्छ ।

फिल्म ‘म यस्तो गीत गाउँछु’ दर्शकले निकै राम्रोसँग मन पराइदिनुभयो । त्यसको सिक्वेलमा अझै राम्रो गर्नुपर्छ भनेर मेहनत पनि गरेका छौं । सिक्वेलको गीत पनि दर्शकले रुचाइदिनुभयो । त्यसैले यो फिल्मप्रति आत्मविश्वास पलाएको छ । आशा गरौँ, दर्शकले यसलाई पनि उत्तिकै रूपमा माया गर्नुहुनेछ ।

हुन त, म सिक्वेल मन नपराउने मान्छे हुँ । किनभने, दर्शकलाई सधैँ नयाँ दिऊँ भन्ने नै लागिरहन्छ । दर्शकले पनि त्यही अपेक्षा गर्ने हुन्छ नि । त्यसैले सिक्वेल अघिल्लो फिल्मको क्रेडिटबाट फाइदा उठाउनका लागि मात्र हुनु हुँदैन । मलाई लाग्ने कुरा यही हो ।

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार १६:२४
Loading...