हलहरूमा विराजको ‘साङ्लो’ र विपिनको ‘सेल्फी किङ’ को भिडन्त

काठमाडौं, माघ २४
नेपाली हलहरूमा आज शुक्रबारबाट एकसाथ दुई फिल्म रिलिज भएका छन् । लामो समयपछि नायक विराज भट्टको पुनरागमनका रूपमा निर्माण तथा डेब्यु निर्देशन ‘साङ्लो’ हलहरूका लागेको छ । त्यसैगरी, विपिन कार्की अभिनित फिल्म ‘सेल्फी किङ’ पनि आजैबाट लागेको छ ।

एक्सन नायकको छवी बनाएका विराजको ‘साङ्लो’ एक्सन ड्रामा फिल्म हो भने विपिनको ‘सेल्फी किङ’ ड्रामा श्रेणीको फिल्म हो । विपिनको फिल्मलाई डेब्यू निर्देशक विशाल सापकोटाले निर्देशन गरेका छन् ।

यता, विराजको फिल्ममा भने मानव तस्करीको विषय उठाइएको छ । यसै फिल्मबाट पूर्वमिस नेपाल निकिता चाण्डकले फिल्मी क्षेत्रमा डेब्यु गरेकाले पनि यस फिल्मलाई महत्त्वसाथ हेरिएको छ ।

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार १२:२४
Loading...