यी हुन् कफी पिउनुका फाइदा …….

हामीले बेला–बेला मज्जा लिन वा फ्रेस हुन पिउने गरेको कफी स्वास्थ्यका लागि निकै फाइदाजनक छ। त्यसमा पनि जाडोमा यसले झनै फाइदा गर्छ। दूध र चिनीबिनाको पिउँदा झनै फाइदा हुन्छ ।

कफीमा पाइने क्याफिननामक तत्वमा मस्तिष्कलाई प्रभाव पार्ने औषधीय गुण हुने भएकाले यसले शरीरमा ऊर्जा दिन्छ ।

प्रत्येक कप कफीले डायबिटिज हुने खतरालाई ७ प्रतिशत कम गर्ने विज्ञहरू बताउँछन् ।

कफीमा पाइने क्याफिन पार्किन्सनका बिरामीका लागि उपयोगी मानिन्छ ।

नियमित कफी पिउँदा क्यान्सर र कलेजोसम्बन्धी रोग लाग्ने सम्भावना केही हदसम्म घट्छ ।

प्रकाशित मिति २२ माघ २०७६, बुधबार १५:५२
Loading...