फिल्म ‘प्रेम गीत ३’ ले ल्यायो नयाँ गीत (भिडियो)

काठमाडौं, माघ २२
चर्चित फिल्म ‘प्रेमगीत’को तेस्रो संस्करण ‘प्रेमगीत ३’ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ । आज सो फिल्मले ‘हात्ती ढुंगामा’ बोलको गीत सार्वजनिक गरेको हो । सो गीतमा कल्याण सिंहले संगीत भरेका छन् भने मेलिना राई र सागर आलेले गाएका छन् । गीत हर्क साउदले लेखेका हुन् । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

सो फिल्मका लागि आगामी चैत २८ गतेलाई प्रदर्शनको मिति तोकिएको छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र क्रिष्टिना गुरुङलाई देख्न सकिन्छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको फिल्ममा प्रदीप र क्रिष्टिनाबाहेक शिव श्रेष्ठ, सुनील थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्रीलगायत कालकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति २२ माघ २०७६, बुधबार १३:४६
Loading...