फिल्म ‘सेन्टी भाइरस’ ले विदेश प्रदर्शनको अधिकार करोडभन्दा बढीमा बेच्यो

काठमाडौं, माघ २२
हाँस्यकालकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) द्वारा निर्मित फिल्म ‘सेन्टी भाइरस’को विदेश प्रशारणको अधिकार १ करोड १५ लाखमा बेचेको छ । फिल्म प्रदर्शनअघि मुनाफाको ५० प्रतिशत रकम चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खर्चने घोषणा गरेको फिल्मको विदेश प्रशारण अधिकार निकै महँगो मूल्यमा बिकेको हो ।

सो फिल्मलाई अमेरिकाको नेप्सिने कम्पनीले १ करोड १५ लाख रूपैयाँमा किनेको हो । र, दुई पक्षबीच सम्झौतासमेत भइसकेको छ । सोमबार फिल्म निर्माण कम्पनी र नेप्सिने कम्पनीबीच यसको खरिद सम्झौता भएको हो ।

रामबाबु गुरुङ निर्देशित फिल्म फागुन ९ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा सीताराम, कुञ्जना, दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेललगायत कलाकारले मुख्य भूमिकामा काम गरेका छन् ।

प्रकाशित मिति २२ माघ २०७६, बुधबार ०३:०८
Loading...