यी हुन् बार्सिलोनामा स्वारेजको स्थानमा आउन सक्ने तीन खेलाडी

एजेन्सी, माघ २१
स्पेनिस क्लब बार्सिलोनाले यही जनवरी विन्डोमा आफ्ना उरुग्वेन खेलाडी लुइस स्वारेजको स्थानमा नयाँ फरवार्ड भित्र्याउन प्रयास गरेको थियो । तर, भरपर्दा खेलाडी सहजै नपाउने भएपछि बार्सिलोनाले आगामी समरसम्म ‘९ नम्बर जर्सी’ लगाउने खेलाडी भित्र्याउन पखिर्नुपर्ने भएको छ ।

स्पेनिस मिडियाका अनुसार बार्सिलोनाले समरमा हाल ३३ वर्ष पुगेका स्वारेजको उत्तराधिकारीका रूपमा भित्र्याउने गरी केही खेलाडी चर्चामा छन् । जसमा इटालियन क्लब इन्टर मिलानका लौटारो मार्टिनेज पहिलो प्राथमिकतामा छन् । युवा खेलाडी मार्टिनेजको मिलानमा १११ मिलियन युरो रिलिज क्लज छ ।

त्यस्तै, बार्सिलोनाको अर्काे विकल्प भनेको जर्मन क्लब लेइपजिगका जर्मन फरवार्ड टिमो वार्नर पनि हुन् । गोल मेसिन खेलाडी वार्नरका लागि बार्सिलोनाले मार्टिनेजलाई भन्दा कम बजेटमै भित्र्याउन सक्छ ।

पछिल्ला रिपार्टअनुसार बार्सिलोनाले अल्पकालीन समाधानका लागि समरमा इंग्लिस क्लब चेल्सीका ब्राजिलियन विंगर विलियनलाई भित्र्याउने प्रबल सम्भावना छ । बार्सिलोनाले ३१ वर्षका विलियनलाई फ्री ट्रान्सफरमा भित्र्याउन सक्छ ।

स्वारेज हाल खुट्टको अप्रेसनपछि आराम गरिरहेका छन् । उनी अर्को सिजन मात्रै टोलीमा फर्किनेछन् भने उनले २०२० को कोपा अमेरिका खेल्नेमा पनि शंका छ ।

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार ११:५८
Loading...