‘भाडावाला’हरूको कथा–व्यथामा बन्ने भो यस्तो फिल्म

काठमाडौं, माघ २१
देशको राजधानी काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरूको कथाव्यथामा ‘के घर के डेरा’ नामक फिल्म निर्माणको घोषणा भएको छ । एक कार्यक्रमकाबीच फिल्म निर्माणको घोषणा भएको हो । सो फिल्मलाई सुव्रत आचार्यले निर्देशन गर्नेछन् ।

सो फिल्मको प्रमुख कलाकारमा दयाहाङ राई, विपिन कार्की तथा वर्षा राउतले अभिनय गर्नेछन् । त्यस्तै, रवीन्द्र झा, लुनिभा तुलाधर, आर्सिना भट्टलगायत कलाकारलाई पनि फिल्ममा देख्न पाइनेछ । यही नामको फिल्म ३५ वर्षअघि पनि बनिसकेको थियो ।

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार ११:२७
Loading...