यस्तो बन्यो ‘चपली हाइट–३’को पहिलो गीत (भिडियो)

काठमाडौं, मंसिर २१
कुनैबेलाको चर्चित फिल्म ‘चपली हाइट’ को तेस्रो संस्करण ‘चपली हाइट–३’ ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ । फिल्मको ‘चारानाको मसला’ बोलको गीत युट्युबमार्फत् सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र कोरियोग्राफर प्रदीप लामाले अभिनय गरेका छन् । सो गीतमा सुभाष भुषालले धुन भरेका छन् भने राज खम्बु र अश्मिता अधिकारीले स्वर दिएका छन् ।

सो गीतका लेखक डिपी खनाल हुन् । भिडियोको कोरियोग्राफी भने गीतमा प्रदीप लामा र द नेक्स्ट टिमले गरेको छ । सो फिल्मको प्रदर्शन मिति आगामी चैत २८ गतेलाई तोकिएको छ । फिल्ममा स्वस्तिमा, सुपुष्पा, आमिर, महेशसहित अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी वर्देवा, लोकेन्द्र लेखक आदि कलाकारले अभिनय गरो छन् ।

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार ११:१८
Loading...