टाउको दुख्ने समस्या भएकाले अवश्य पढौं !

मानिसको दैनिक जीवनक्रममा सहरी जीवनशैली, व्यस्त कार्यतालिका, प्रदूषित वायु आदिजस्ता विभिन्न कारणले टाउको दुख्ने गर्छ । यो समस्या थुप्रै मानिसमा हुन्छ । यसकै कारण मानिसलाई अनेक रोगसमेत लाग्न सक्छन् ।

किन दुख्छ टाउको ?

– शरीरमा पानीको कमी हुँदा ।

– चिसो मौसममा रुघाखोकी र पिनास हुँदा ।

– पर्याप्त निद्राको अभाव र डिप्रेसन ।

– ग्यास्ट्रिक भएमा ।

– जथाभावी औषधिको प्रयोगले मस्तिष्कको आवरण वा धमनीमा असर गर्छ । फलस्वरूपः टाउको दुख्ने हुन्छ ।

– आँखाको दृष्टिमा समस्या हुनेमा टाउको दुख्ने हुन्छ ।

उपचारका तरिका यस्ता छन् :

– दैनिक करिब आठ गिलास पानी पिउनुपर्छ ।

– चिसोबाट बच्नुपर्छ ।

– पर्याप्त आराम आवश्यक ।

– दैनिक फलफूल र सागपात खाऔं ।

– सुर्तीजन्य पदार्थ तथा मदिराजन्य पदार्थ सकभर सेवन नगरौैं ।
– भोकै बस्ने बानी नगरौं । स्वस्थ र सन्तुलित भोजनमा ध्यान दिऔं ।

प्रकाशित मिति २१ चैत्र २०७६, शुक्रबार १६:३०
Loading...