बार्सिलोनामा ‘९ नम्बर’ खेलाडीको भूमिकाबारे ग्रीजम्यानको यस्तो भनाइ

एजेन्सी, चैत २०
स्पेनिस क्लब बार्सिलोना हाल आफ्ना उरुग्वेन फरवार्ड लुइस स्वारेजको दीर्घकालीन विकल्प खोजिरहेको छ । त्यसका लागि उसले सरुवा बजारमा विभिन्न खेलाडीलाई नजर लगाइरहेको छ । उमेरले ३३ वर्ष पुगेका स्वारेज अहिले चोटका कारण उपचार तथा आराम गरिरहेका छन् । तर, आगामी समर सिजन बार्सिलोनाले स्वारेजको स्थान लिने क्षमताका नयाँ खेलाडी अनुबन्ध गर्नेछ ।

यसैबीच, क्लबका फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यानले यदि क्लबले आफूलाई विश्वास गर्छ भने आफूले भविष्यमा लुइस स्वारेजको जर्सी लगाएर उनको आवश्यकता पूरा गर्ने बताएका छन् । ‘यो क्लबको कुरा हो । तर, यदि क्लबले मलाई विश्वास गर्छ भने म टिममा ९ नम्बरको काम गर्न तयार छु,’ ग्रीजम्यानले मिडियासँग भनेका छन् ।

प्रकाशित मिति २० माघ २०७६, सोमबार १३:०५
Loading...