यस्तो बन्यो फिल्म ‘लभ डायरिज’को ‘अधुरो लाग्छ मेरो जीवन’ को भिडियो

काठमाडौं, माघ २०
फिल्म ‘लभ डायरिज’को रोमान्टिक गीत सार्वजनिक भएको छ । आगामी फागुन २ गते भ्यालेन्टाइनका दिनलाई प्रदर्शन मिति तोकिएको फिल्मको ‘अधुरो लाग्छ मेरो जीवन’ बोलको गीत हालै सार्वजनिक भएको हो ।

सार्वजनिक गीता सुशील श्रेष्ठ, रुविना थापा र विश्वजित रिमालबीचको त्रिकोणात्मक प्रेमको विषयलाई देखाइएको छ । गीतमा प्रवीण पौडेलले धुन भरेका छन् भने प्रताप दास र प्रविशा अधिकारीले गीत गाएका छन् । गीतकार मानसविक्रम थापा हुन् । फिल्म सौरभ चौधरीले निर्देशन गरेका छन् । फिल्ममा सुशील, रुबिना र विश्वजितले प्रमुख भूमिका निभाएका छन् ।

प्रकाशित मिति २० माघ २०७६, सोमबार १२:४८
Loading...