फिल्म ‘कसम कसम’ मा यसरी गरे पल, पूजा र एलिशाले रोमान्स (भिडियो)

काठमाडौं, माघ २०
नयाँ फिल्म ‘म यस्तो गीत गाउँछु–२’ को नयाँ गीत सार्वजनिक भएको छ छ । ‘कसम कसम’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा फिल्मका प्रमुख कलाकार पल शाह, पूजा शर्मा र एलिशा शर्माले अभिनय गरेका छन् ।

सो गीतमा सुगम पोखरेलले गाएका छन् भने गीतमा दिनेशराज पुरीले र अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । सुदर्शन थापाले निर्देशित सिनेमा फागुन २३ गते रिलिज हुँदैछ।

प्रकाशित मिति २० माघ २०७६, सोमबार १२:३७
Loading...