भारतीय महिला लिगमा सावित्राको सनसनी कायमै : फेरि गरिन् ५ गोल

काठमाडौं, माघ १८
नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारीले भारतीय महिला लिगमा सनसनी कायमै राखेकी छन् । शनिबार भएको तेस्रो खेलमा पनि उनले ५ गोल गरिन् । र, उनले लगातार दोस्रो खेलमा ५ गोल गरेकी हुन् । आज उनको टिम गोकुलम केरला एफसीले ओडिसा पुलिस क्लब ७–० ले हराउँदा सावित्रा एक्लैले ५ गोल आफ्नो नाममा लेखाइन् ।

भारतको बैंग्लोर रंगशालामा भएको खेलमा सावित्राले चौथो मिनेटमै गोल गरेकी थिइन् । उनले ५१औं र ५२औं मिनेटमा लगातार २ गोल गरिन् भने ७४औं मिनेटमा चौथो तथा ८३औं मिनेटमा पाँचौं गोल गरिन् । २ गोल अन्य खेलाडीले गरेका थिए ।

सावित्राले हालसम्म ३ वटै खेलमा गोल गर्न सफल भएकी छन् । पहिलो खेलमा १ मात्रै विजयी गोल गरेकी उनले दोस्रो र तेस्रो खेलमा लगातार ५–५ गोल गर्दै खातामा ११ गोल बनाएकी छन् ।

प्रकाशित मिति १८ माघ २०७६, शनिबार १३:३५
Loading...