पूजा र आकाश पहिलोपटक जोडी बनेर पर्दामा आउँदै

काठमाडौं, माघ १७
एकअर्कामा नजिकका मित्र रहेका नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा पहिलोपटक जोडी बनेर पर्दामा देखिने भएका छन् । फिल्म ‘मन परेसी’बाट उनीहरूले एकसाथ काम गर्न लागेका हुन् ।

सरस्वती पूजाको अवसर पारेर बिहीबार राजधानीको भद्रकाली मन्दिरमा फिल्म निर्माण पक्षले पूजाआजा गर्दै फिल्म घोषणा गरेको हो । फिल्मको सुटिङ आइतबारबाट सुरु हुनेछ ।

फिल्ममा पूजा र आकाशको साथमा रवीन्द्र झा, बुद्धि तामाङ, शिशिर राणा, किरण श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, मोनालिसा खतिवडालगायत कलाकारले अभिनय गरेका छन् ।

यसअघि ‘जय शम्भु’ फिल्म निर्देशन गरेका रूपेश थिङ तामाङले निर्देशन गर्ने फिल्म २०७७ सालको तीजमा प्रदर्शन गर्ने तयारी छ ।

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार १७:३९
Loading...