धुर्मुस–सुन्तली फाउन्डेसनलाई हुलाक कर्मचारीले दिए १ लाख ५ हजार

काठमाडौं, माघ १७
गोश्वारा हुलाक कार्यालयले धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोगस्वरूप १ लाख ५ हजार २ सय सत्तरी रुपैयाँ सहयोग उपलब्ध गराएको छ । फाउन्डेसनका संस्थापक सीताराम कट्टेल (धुर्मुस)लाई हुलाक कार्यालयमै पदाधिकारीले सहयोग रकम थमाएका हुन् ।

हुलाक कार्यालयका कर्मचारी, स्कुले बालबालिका र वृद्दहरूले खाजा खाने पैसा र वृद्दभत्ता जम्मा गरेर फाउन्डेसनलाई सहयोग गरेको बताइएको छ । सहयोग प्राप्त गरेपछि धुर्मुसले सबैलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार १७:२७
Loading...