मेस्सी चम्किएपछि शानदार जितसहित बार्सिलोना कोपाको अन्तिम आठमा

काठमाडौं, माघ १७
कप्तान मेस्सीले २ गोल र १ गोलमा असिस्ट गरेपछि स्पेनिस क्लब बार्सिलोना शानदार जित निकाल्दै स्पेनिस कोपा डेल रे फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । शुक्रबार बिहान भएको अन्तिम १६ को खेलमा बार्सिलोनाले भ्रमणकारी टोली लेगानेसमाथि ५–० को जित निकाल्दै अर्को चरण पुगेको हो ।

बार्सिलोनाले पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गरेको थियो । आफ्नो घरमा एन्टोनी ग्रीजम्यानले चौथो मिनेटमै गोल गरेर बार्सिलोनालाई अग्रता दिलाउँदा २७औं मिनेटमा लेङलेटले दोस्रो गाल गरे । त्यसपछि खेलको ५९औं मिनेटमा कप्तान लिओनल मेस्सीले तेस्रो गोल गरे ।

बार्सिलोनाका लागि चौथो गोल सब्सिच्युट खेलाडी अर्थुरले ७७औं मिनेटमा गरे । त्यसपछि ८९औं मिनेटमा मेस्सीले दोस्रो गोल गरेपछि खेल बार्सिलोनाले ५–० ले जित्यो ।

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार २०:०७
Loading...