यस्तो छ धुर्मुस–सुन्तलीले बनाएको फिल्म ‘सेन्टी भाइरस’ को ट्रेलर (भिडियो)

काठमाडौं, माघ १६
चर्चित हाँस्यकलाकारद्वय तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले बनाएको फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ । निकै प्रतीक्षा गरिएको फिल्मको ट्रेलर बुधबार सार्वजनिक भएको हो ।

सो फिल्मलाई हाल चितवनमा निर्माण कार्य चलिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण अभियानका लागि नी ट्रेलरमा प्रचारसमेत गरिएको छ । सो फिल्मको निर्देशन रामबाबु गुरुङले गरेका हुन् । फिल्मका निर्माता डिन्डु लामा ह्योल्मो रहेका छन् ।

सो फिल्ममा सीताराम कट्टेल र कुञ्जना घिमिरेले मुख्य भूमिकामा काम गरेका छन् । साथै, दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेललाई फिल्ममा देख्न पाइन्छ ।

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार १०:४७
Loading...