कोपा डेल रे : फराकिलो जित निकाल्दै रियल मड्रिड अन्तिम आठमा प्रवेश

काठमाडौं, माघ १६
शानदार जित निकाल्दै स्पेनिस क्लब रियल मड्रिड कोपा डेल रे फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । गत राति अन्तिम १६ को खेलमा रियलले तल्लो डिभिजनको टोली जारागोजालाई ०–४ ले हराउँदै अन्तिम आठमा स्थान तय गरेको हो ।

अवे मैदानमा रियललाई फराकिलो जित दिलाउनेक्रमा खेलको छैटौं मिनेटमा राफाएल भारानेले पहिलो गोल गर्दा ३२औं मिनेटमा लुकास भासक्वेजले दोस्रो गोल गरेका थिए ।

त्यसपछि खेलको ७२औं मिनेटमा भिनिसियस जुनियरले सुन्दर फिनिसिङमा गोल गरेपछि रियल ०–३ ले अघि रह्यो । फेरि खेलको ७९औं मिनेटमा करिम बेन्जेमाले गोल गरेपछि खेल रियलले ०–४ ले जित्यो ।

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार ०३:०६
Loading...