अन्ततः युनाइटेडले भित्र्याएरै छाड्यो ब्रुनोलाई

काठमाडौं, माघ १६
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले गत सिजनबाट नजर लगाएको खेलाडी ब्रुनो हर्नान्डेजलाई अनुबन्ध गरेको छ । युनाइटेडले पोर्चुगलका खेलाडी ब्रुनोलाई पोर्चुगलकै क्लब स्पोर्टिङबाट अनुबन्ध गरेको हो । बुधबार युनाइटेडले औपचारिक रूपमा २५ वर्षका युवा मिडफिल्डरलाई भित्र्याएको घोषणा गरेको हो ।

युनाइटेडले ब्रुनोका लागि ५५ मिलियन युरो मूल्य तिरेको छ । ब्रुनोको अनुबन्धपछि युनाइटेडको अवस्था सुध्रिने अपेक्षा गरिएको छ । स्पोर्टिङमा ब्रुनोले यो सिजन २६ खेलबाट १५ गोल गर्दै ७ गोलमा असिस्ट गरेका छन् ।

प्रकाशित मिति १५ माघ २०७६, बुधबार १८:४०
Loading...