हेर्नुहोस् डेब्यु फिल्मको गीतमा पूर्वमिस नेपालको डान्स (भिडियो)

काठमाडौं, माघ १३
पूर्वमिस नेपाल निकिता चाण्डकको डेब्यु फिल्मको नयाँ गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ सार्वजनिक भएको छ । माघ २४ गतेका लागि प्रदर्शन मिति तोकिएको नायक विराज भट्टको निर्देशकिय डेब्यु फिल्म ‘साङ्लो’को नयाँ गीत आज सार्वजनिक भएको हो ।

सो गीतमा डान्सिङ नम्बर रहेको गीतमा विराज र डेब्यु हिरोइन निकताले अभिनय गरेका छन् । सुरेश अधिकारीको संगीत रहेको गीतमा अन्जु पन्त र निशान भट्टराईले गाएका छन् । गीतको कोरियोग्राफर रामजी लामिछाने हुन् । एक्सन फिल्म विराज आफैंले बनाएका हुन् ।

फिल्ममा विराज र निकितासँगै जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी आदिले अभिनय गरेका छन् ।

प्रकाशित मिति १३ माघ २०७६, सोमबार १६:०४
Loading...