रेफ्रीलाई गालीगलौज गर्ने मार्टिनेजमाथि लामो प्रतिबन्ध लाने

एजेन्सी, माघ १३
इटालीको क्लब इन्टर मिलानका फरवार्ड लौटारो मार्टिनेजमाथि सिरी ए लिगले कडा एक्सन लिने भएको छ । एक दिनअघि लिगमा क्याग्लिअरी विरुद्धको खेल दौरान रेफ्रीमाथि गालीगलौज गरेका उनलाई लिगले आर्थिक जरिमानासहितको तीन खेलसम्म प्रतिबन्ध लगाउने सम्भावना छ ।

मिलानको घरमा भएको खेलमा मार्टिनेजले इन्जुरी समयमा पहेंलो कार्ड पाएका थिए । त्यसपछि मार्टिनेजले खेलका रेफ्रमाथि झम्टिँदै गाली गरेका थिए । त्यसपछि रेफ्रीले तत्कालै रातो कार्ड दिएर मार्टिनेजलाई मैदानबाट निकालेका थिए ।

यस्तो केसमा खेलाडीमाथि बढीमा तीन खेलको प्रतिबन्धसहित आर्थिक जरिमाना हुने व्यवस्था छ । यदि यस्तो निर्णय भए मार्टिनेजले मिलानका आगीमा तीन खेल गुमाउनेछन् । मिलानले अबका खेल उनिडेनस, एसी मिलान र लाजियोसँग खेल्नेछ ।

मार्टिनेजले रातो कार्ड खानुअघि खेलको पहिलो हाफमा गोल समेत गरेका थिए । सो खेल १–१ को बराबरीमा सकिएको थियो ।

प्रकाशित मिति १३ माघ २०७६, सोमबार १४:०३
Loading...