गायिका आस्था राउतले गरिन् प्रहरी समक्ष आत्मसमर्पण : अब के हुन्छ ?

काठमाडौं, माघ १३
अघिल्लो साता त्रिभुवन विमानस्थलमा कार्यरत महिला प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो घटनालाई लिएर आफूलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले प्रहरीमै उजुरी हालेपछि प्रहरीले छानबिनका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएससपी होविन्द्र बोगटीका अनुसार आफन्तले गायिका राउतलाई प्रहरी कार्यालयमा जिम्मा लगाएको बताए । ‘कानुनी प्रक्रियालाई सहयोग गर्ने भन्दै वहाँ बिहान साढे ७ बजे कार्यालयमा उपस्थित हुनुभएको हो,’ बोगटीले भने, ‘अब आवश्यक कानुनी प्रक्रिया अघि बढ्नेछ ।’

माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत महिला प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सन्जाल फेसबुकमार्फत् भिडियो सार्वजनिक गर्दै प्रहरीलाई गाली गरेकी थिइन् ।

प्रकाशित मिति १३ माघ २०७६, सोमबार ०४:२१
Loading...