नेइमार चम्किएपछि पिएसजीको सहज जित

काठमाडौं, माघ १३
ब्राजिलियन स्टार नेइमारले २ गोल गरेपछि फ्रेन्च लिग वान फुटबलमा पिएसजीले सहज जित हात पारेको छ । गत राति भएको खेलमा पिएसजीले लिलेलाई उसकै घरमा ०–२ ले हरायो ।

स्टार खेलाडी नेइमारले खेलको २८औं मिनेटमा बक्स बाहिरबाट शानदार गोल गरेका थिए । सो गोलमा मार्को भेराट्टीले पास मिलाएका थिए । त्यसपछि खेलको ५२औं मिनेटमा पिएसजीले पेनाल्टी पायो । बक्समा लिलेका खेलाडीले ह्यान्ड बल गरेपछि रेफ्रीले पिएसजीलाई पेनालटी दिए । जसमा नेइमारले कुनै गल्ती नगरी गोल गरे । र, खेल ०–२ बनाए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल पिएसजीले जित्यो ।

नेइमारले आफ्नो गोल अघिल्लो दिन हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका चर्चित अमेरिकन बास्केटबल खेलाडी कोबे ब्रायन्टप्रति समर्पित गरेका थिए । अब यो जितपछि अंक तालिकामा २१ खेलबाट ५२ अंक जोडेको छ । पराजित पराजित लिले ३१ अंकसहित सातौं स्थानमा रहेको छ ।

प्रकाशित मिति १३ माघ २०७६, सोमबार ०४:१०
Loading...