no-image

काठमाडौं, माघ १२
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न तथा संक्रमितको उपचार अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । आइतबार प्रम ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य सचिव खगराज बराललाई बालुवाटारस्थित आफ्नो सरकारी निवासमा बोलाएर नेपालमा देखिएको डरलाग्दो नियन्त्रण र यसबाट संक्रमितहरुको उपचारनिम्ति आवश्यक सबैखाले तयारी गर्न निर्देशन दिएका हुन् ।

प्रम ओलीले नेपालमा कोरोना भाइरसको अवस्थाबारे स्वास्थ्यमन्त्री ढकाल र स्वास्थ्य सचिव बरालबाट जानकारी पनि लिए । यसअघि चीनको बुहानबाट फर्किएका एक युवकमा भाइरस संक्रमण पुष्टि भइसकेको छ । चीनबाट फर्किएका थप २ जनामा भाइरस संक्रमणको आशंकामा परीक्षणका लागि नमूना हङकङ पठाइएको छ । टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालको निगरानीमा संक्रमित ती व्यक्तिको उपचार जारी छ ।

प्रकाशित मिति १२ माघ २०७६, आईतवार १६:२४
Loading...