यस्तो बन्यो फिल्म ‘सेल्फी किङ’को नयाँ गीत (भिडियो)

काठमाडौं, माघ १२
फिल्म ‘सेल्फी किङ’को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । यही माघ माघ २४ गतेका लागि प्रदर्शन मिति तोकिएको फिल्मको ‘जिन्दगीको के छ र भर?’ बोलको गीत हालै सार्वजनिक भएको हो । गीतमा फिल्मको मुख्य कलाकार विपिन कार्कीले अभिनय गरेका छन् ।

सो गीतमा सुभाष भुसालले संगीत भरेका छन् भने केतन क्षेत्रीको स्वर छ । गीत सुरज गैरे ‘विवश’ले लेखेका हुन् । सो फिल्ममा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सबिन बास्तोलालगायत कलाकारको अभिनय गरेका छन् ।

प्रकाशित मिति १२ माघ २०७६, आईतवार १६:१६
Loading...