हिटर ताप्दा अपनाउनुस् यी सावधानी

अहिले जाडोको मौसम छ । यस्तो बेला दिन होस् वा रात, सबैलाई न्यानो र तातो चाहिन्छ । सहर बजारमा तातोका लागि विद्युतीय उपकरण हिटर प्रयोग गर्नेक्रम बढ्दो छ । न्यानोका लागि हिटर राम्रो भए पनि यसका पनि केही जोखिम र खतराहरू छन् । यहाँ यसबारे चर्चा गरिएको छ ।

– हिटरबाट उत्पन्न हुने कार्बन मोनोअक्साइड ग्यास स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । त्यसैले कोठा बन्द गरेर हिटर बाल्नु खतरापूर्ण हो । कोठामा हिटर प्रयोग गर्दा भेन्टिलेसनको राम्रो व्यवस्था हुँदा राम्रो हुन्छ । त्यस्तै, सुत्नुअघि हिटर पूर्ण रूपमा बन्द गर्न भुल्नु हुँदैन ।

– सामान्य कुरा के हो भने, हिटर नजिकै बसेर ताप्नु हँुदैन । यसबाट छाला सुक्खा हुने, आँखामा समस्या आउने, नाकका रक्तनली फुट्ने आदि खतरा हुन्छ । यसले अन्य समस्या पनि निम्त्याउँछ ।

– बालबालिकाले भेट्ने र पुग्ने ठाउँ र बाटोमा हिटर कदापि राख्नु हुँदैन । यदि बालबालिकाले यो प्रयोग गरे वा प्रयास गरे भने ज्यानै जान सक्छ ।

– मुटु, श्वासप्रश्वासका बिराम भएकाले सकेसम्म हिटरको न्यानो ताँप्नु हुँदैन ।

– हिटर तापेर बस्दा पानी, चिया, कफीजस्ता पेय पदार्थ सेवन गर्नु उचित हुन्छ । यसो गर्दा यसले छाला सुक्खा हुने समस्या कम हुन्छ ।

प्रकाशित मिति १० माघ २०७६, शुक्रबार १६:२५
Loading...