नेपालमा ‘कोरोना भाइरस’ भेटिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

काठमाडौं, माघ १०
नेपालमा पनि एकजना व्यक्तिमा कोरोना भाइरस भेटिएको नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर यसबारे बताएको हो ।

राजधानीको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले शंका लागेर नमूना परीक्षणका लागि हङकङ पठाएको थियो । सो बिरामीको रिपोर्ट बिहीबारआएको र बिरामीमा कोरोना भाइरसको संक्रमण भेटिएको अस्पतालले पुष्टि गरेको हो ।

यता, मन्त्रालयले भाइरस भेटिएको पुष्टि भएपछि व्यवस्थापन निम्ति सरकारले प्रबन्ध मिलाइरहेको बताएका छ ।

प्रकाशित मिति १० माघ २०७६, शुक्रबार १५:५०
Loading...