दाँतलाई यसरी बनाउनुहोस् बलियो र चम्किलो

स्वास्थ्यका सबलामा दाँत एक महत्त्वपूर्ण कुरा हो । यसले मानिसको सौन्दर्यसँग पनि जोडिन्छ । मानिसले बोल्दा, हाँस्दा, खाँदा, भाषण, गर्दा या गीत गाउँदा धेरैको नजर दाँतमा पर्छ । यसर्थ पनि दाँतको ठूलो महत्त्व हुन्छ ।

तसर्थ मानिसले दैनिक जीवनमा दाँत तथा मुको स्वाज्थ्यमा विशेष सावधानी अपनाउनुपर्छ । सफा र चम्किला दाँत बनाउन केही उपाय यहाँ बताइएको छ ।

केरा अचुक : दाँतका लागि केरा अचुक औषधि पनि हो । केरालाई पिसेर यसको पेष्ट बनाएर दाँतलाई दिनहुँ एक मिनेट मसाज गर्दा राम्रो हुन्छ । मसाजपछि दाँत ब्रस गर्दा दाँतको पहेंलोपना हट्छ ।

तुलसी : तुलसीमा दाँतको पहेलोपना हटाउने विशेष गुण हुन्छ । यसले दाँतमा रहेको पहेलोपना हटाउनेदेखि अन्य रोगसमेत रोक्न मदत गर्छ । तुलसीको पातलाई घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाए टुथ पेस्टसँग मिलाएर ब्रस गर्दा दाँतको पहेंलोपना हट्छ ।

कागतिको रस फाइदाजनक : दाँतका लागि कागती निकै फाइदाजनक हो । एउटा कागतीको रस निकालेर त्यसमा जति रस छ, त्यत्ति नै मात्रामा पानी मिसाउनुहोस् । अनि, खाना खाएपछि यही कागतीपानीले दिनहुँ कुल्ला गर्दा पहेंलोपना हट्छ ।

सुन्तलाको बोक्रा :  सुन्तलाको बोक्रा दाँतका लागि निकै फाइदाजनक हो । यसलाई घाममा सुकाएर त्यसको पाउडर बनाउनुहोस् । दाँत ब्रस गरिसकेपछि पाउडरले दाँतमा हल्का मसाज गर्दा दाँत चम्किलो हुन्छ ।

निम दाँतकै लागि : निमको उपयोग धेरै पहिल्यैदेखि दाँतको सफाइमा प्रयोग गरिन्छ । दिनहुँ निमको काठ, निमको सानो हाँगाले दात सफा गर्ने बानीले दाँतमा कुनै किसिमको रोग लाग्दैन ।

प्रकाशित मिति १० माघ २०७६, शुक्रबार १२:४६
Loading...