no-image

एजेन्सी, ९ माघ
आफ्ना उरुग्वेन फरवार्ड लुइस स्वारेजको स्थान लिन सक्ने खेलाडी भित्र्याउन स्पेनको क्लब बार्सिलोनाले तयारी अघि बढाएको खबर छ । त्यसका लागि क्याटलान क्लबले इटालीको क्लब इन्टर मिलानका स्टार फरवार्ड लौटारो मार्टिनेज अनुबन्ध गर्न आन्तरिक छलफल अघि बढाएको हो ।

चाँडै ३३ वर्ष पुग्न लागेका स्वारेज हाल चोटका कारण टोलीबाहिर छन् । बार्सिलोनाले उनको बढ्दो उमेरलाई ध्यान दिँदै उनको स्थान लिन सक्ने युवा खेलाडी अनुबन्ध गर्न प्रयास गरिरहेको छ ।

मार्टिनेज मिलानका प्रमुख खेलाडी हुन् । र, उनलाई बार्सिलोना काकप्तान लिओनल मेस्सीले पनि चाहेका छन् । मिलानमा मार्टिनेजको रिलिज क्लज १११ मिलियन युरो छ । बार्सिलोनाले २२ वर्षका खेलाडीलाई १२०–१३० मिलिय युरोसम्म खर्चेर आगामी समरमा भित्र्याउने योजना बुनेको छ ।

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार १६:३८
Loading...