फिल्म ‘एन्टी हिरो’मा जसिता र अनमोलले रोमान्स गर्ने

काठमाडौं, माघ ९
अभिनेता भुवन केसीले बनाउने नयाँ फिल्म ‘एन्टी हिरो’मा आफ्नै छोरा अनमोल केसी हिरो बन्ने भएका छन् । र, उनको जोडी जसिता गुरूङ बन्ने पक्का भएको छ । बुधबार मात्रै निर्माण पक्षले कलाकारको टुंगो लगाएको हो ।

‘एन्टी हिरो’ फिल्मएक्सन, लभ स्टोरीमा बन्नेछ । फिल्ममा नयाँ निर्देशक रहने बताइएको छ । जसिता र अनमोलसँगै फिल्ममा भुवनले पनि मुख्य भूमिाकामा काम गर्नेछन् । बाँकी कुरा चाँडै आउने बताइएको फिल्मको सुटिङ वैशाख १ गतेबाट सुरु हुने बताइएको छ ।

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार १६:३०
Loading...