रजनीकान्तको फिल्म ‘दरबार’को कमाइ २०० करोड माथि

एजेन्सी, माघ ९
सुपरस्टार रजनीकान्तको नयाँ फिल्म ‘दरबार’ले बक्स अफिसमा धमाका मच्चाएको छ । उसको कमाइ २०० करोडभन्दा बढी पुगेको छ । यसका साथै २०० करोड कमाइ नघाउने रजनीकान्तको यो पाँचौं फिल्म हो ।

यसअघि उनी अभिनित ‘रोबर्ट’, ‘कबाली’, ‘२.०’ र ‘पेटा’ले २०० करोडभन्दा बढीको व्यापार गरिसकेका छन् । ‘दरबार’ फिल्मले विश्वभरिबाट रिलिजको ११ दिनमा २०० करोड कमाइ पार गरेको हो । तमिलनाडुबाट मात्रै सो फिल्मले ८० करोड भारु कमाइ गरेको छ ।

त्यस्तै, तेलेगु भाषाबाट २० करोड भारु कमाउँदा हिन्दीबाट ८ करोड कमाइ गरेको छ । केरला र कर्नाटकाबाट क्रमशः ८ र १९ करोड कमाएको उल्लेख छ । सो फिल्मले विदेशको प्रदर्शनबाट ७० करोड भारुको व्यापार गरेको छ ।

‘दरबार’मा रजनीकान्तले २५ वर्षपछि प्रहरीको भूमिकामा अभिनय गरेका छन् ।

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार १६:२४
Loading...