दोस्रो डिभिजनको क्लबमाथि बार्सिलोनाको कठिन जित : पुग्यो कोपाको अन्तिम १६ मा

काठमाडौं, माघ ९
स्टार फरवार्ड एन्टोनी ग्रीजम्यानले मुस्किल बेलामा २ गोल गरेपछि बार्सिलोना ला लिगा–२ टिम इबिजामाथि १–२ को कठिन जित निकाल्दै कोपा डेल रे फुटबलको अन्तिम १६ मा पुगेको छ । इबिजाको घरमा बार्सिलोनाले पछि परेको अवस्था उल्टाएर १–२ को जित निकाल्न सफल भयो ।

इबिजाका लागि खेलको ९ मिनेटमै काबाल्ले मार्टिनले गोल गरेर बार्सिलोनालाई झट्का दिएका थिए । तर, दोस्रो हाफको अन्तिम समयमा बार्सिलोना खेलमा फर्कियो । जहाँ खेलको ७२औं मिनेटमा ग्रीजम्यानले पहिलो गोल गरे भने उनैले ९० मिनेटपछि थपिएको चौथो मिनेटमा उनैले दोस्रो गोल गरेपछि खेल बार्सिलोनाले जित्यो । यससँगै बार्सिलोना कोपाको अन्तिम १६ मा पुग्दा इबिजा भने आउट भएको छ ।

प्रकाशित मिति ८ माघ २०७६, बुधबार २१:०३
Loading...