यस्तो बन्यो शृंखलाको नयाँ गीतको भिडियो

चर्चित रियालिटी शो ‘द भ्वाइस अफ् नेपाल’को दोस्रो संस्करणकी प्रतिस्पर्धी शृंखला जोशीले नयाँ गीतको भिडियो सार्वजनिक गरेकी छन् । ‘तिम्रो आवाज’ शीर्षकको उनको गीत सार्वजनिक भएको हो ।

हालै काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर उनले सो गीत सार्वजनिक गरिन् । गीतमा उदय सोताङले संगीत भरेका छन् । गीतका लेखक विष्णुबाबु देवकोटा हुन् । सो गीतको भिडियोमा गायिका शृंखला आफैंले नायक ढुंगानासँग जोडीका रूपमा अभिनय गरेकी छन् ।

प्रकाशित मिति ८ माघ २०७६, बुधबार १७:४४
Loading...